Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १७:५४:२५ बजे
  • 1.3K
    SHARES
  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकदिनमा मृत्यु भएको सर्वाधिक संख्या हो ।

    images
     

    पछिल्लो एक हप्तामा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको मृत्यु भएको जानकारी दिए ।

    प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

     

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology