Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

४ खेल जित्दै यूईएफए च्याम्पियन्सको अन्तिम १६ मा लिभरपुल

४ खेल जित्दै यूईएफए च्याम्पियन्सको अन्तिम १६ मा लिभरपुल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • ०८:३१:०८ बजे
  • 1.1K
    SHARES
  • ४ खेल जित्दै यूईएफए च्याम्पियन्सको अन्तिम १६ मा लिभरपुल

    (यूईएफए) च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । समूह बीमा रहेका टोलीबीच भएको खेलमा घरेलु टोली लिभरपुलले २ ० को जित निकालेको हो ।

    images

    लिभरपुलको जितमा खेलको १३ औं मिनेटमा डिएगो जोटाले पहिलो गोल गरेका थिए ।

    उनका लागि अलेक्जेन्डर आर्नोल्डले पास मिलाएका थिए । त्यस्तै खेलको २१ औं मिनेटमा आर्नोल्डकै पासमा साडियो मानेले गोल गर्दै गरेर टिमलाई अब्बल साबित गराएका थिए ।

    उक्त पास पनि अलेक्जेन्डर आर्नोल्डले नै मिलाई दिएका थिए । त्यसयता दुवै टीमबाट गोल हुनसकेको थिएन ।

    यो जितसँगै लिभरपुलले लगातार ४ खेलमा जित निकालेको छ । उसले १२ अंक पनि जोडेको छ । उ अन्तिम १६ मा पनि पर्न सफल भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तिम १६ मा लिभरपुल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology