Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्व उप–प्रधानमन्त्रीले यौन शोषण गरेको चीनियाँ टेनिस खेलाडी पङको आरोप

पूर्व उप–प्रधानमन्त्रीले यौन शोषण गरेको चीनियाँ टेनिस खेलाडी पङको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • १७:२७:२३ बजे
  • 2.0K
    SHARES
  • पूर्व उप–प्रधानमन्त्रीले यौन शोषण गरेको चीनियाँ टेनिस खेलाडी पङको आरोप

    चीनकी टेनिस स्टार पेंग शुआईले सार्वजनिक रुपमा एक अवकाशप्राप्त कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । चिनियाँ सोसल मिडिया साइट वीबोमा एउटा पोस्टमा पेंगले पूर्व उप–प्रधानमन्त्री झांग गाओलीले उनलाई यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएको खुलासा गरिन् ।

    images

    चीनमा पहिलो पटक कम्युनिष्ट पार्टीका कुनै वरिष्ठ नेतामाथि यस्तो प्रकारको आरोप लागेको हो । यी आरोपपछि डब्ल्समा शीर्ष खेलाडी भइसकेकी पेंग शुआईबारे चीनभित्र इन्टरनेट सर्च पनि सिमित पारिएको छ । झांग गाओलीले टेनिस स्टारको दाबीमाथि हाल कुनै सार्वजनिक बयान दिएका छैनन् ।

    वीबोमाथि गरिएको पोस्ट चीनले पूर्ण रुपमा इन्टरनेटबाट गायब गरेको बताइएको छ । सन् २०१३ देखि २०१८ बीच चीनका उप–प्रधानमन्त्री रहे झांग गओेली चिनियाँ राष्ट्रपति शी जिनपिङका नजिकका सहयोगी थिए ।

    के लेखिन् सोसल मिडियामा ?

    टेनिस खिलाडी पेंगले आफ्नो पोस्टमा लेखिन्, ‘उप–प्रधानमन्त्री झांग गाओली, मलाई थाहा छ कि तपाईंजस्तो प्रतिष्ठित व्यक्तिले ‘म डराउँदिनँ’ भन्नुहुनेछ । तर जे सुकै होस्, म तपाईंबारे वास्तविकता बताउनेछु ।’

    पेंगले लेखे अनुसार झांग गाओलीले टेनिस खेल्न बोलाएकै बेला उनीमाथि यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएका थिए । उनले भनिन्, ‘त्यस दिन मैले आफ्नो सहमति जनाएको थिइनँ ।

    म लगातार रोइरहेकी थिएँ । तपाईंले मलाई आफ्नो घर बोलाउनुभयो । त्यसपछि सम्बन्ध स्थापित गर्नका लागि मलाई बाध्य पार्नुभयो ।’

    पेंगले थपेकी छिन्, ‘म आफ्नो आरोपको पक्षमा प्रमाण दिन सक्दिनँ । मसँग कुनै प्रमाण छैन । कुनै प्रमाण बटुल्न सम्भव पनि थिएन किनभने तपाईंलाई सधैं डर थिउो कि म टेप रेकर्डरजस्ता केही लिएर आउनेछु ताकि प्रमाण जम्मा गर्न सकूँ ।

    त्यसैले न कुनै अडियो न नै भिडियो रेकर्ड छन् । मसँग वास्तविक अनुभव मात्रै छन् ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology