Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि

वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • ०८:३०:२३ बजे
  • 1.2K
    SHARES
  • वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि
    पर्साको वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् ।

    पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र छिपहरमाई गाउँपालिकाका २ जना रहेको नयाराणी अस्पतालले जनाएको छ । बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए । थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।

    संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी र थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण पर्सामा मात्रै २२ जनाको मृत्यु भएको छ । २२ मध्ये ३ जना पर्साभन्दा बाहिरका हुन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology