Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको जित

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १९:४७:१२ बजे
  • 844
    SHARES
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको जित

    आईसीसी वुमन्स टी–२० विश्वकपको एशिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले जित निकालेको छ । नेपाली महिला टिमले बंगलादेशमा पहिलो जीत हात पारेको छ ।

    images

    छनोट अघिको अभ्यासका लागि नेपाली टिम यतिबेला बंगलादेशको राजधानी ढाकामा रहेको छ । शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले ४८ रन मात्र बनाउन सक्यो ।

    ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी संगिता राईले सर्वाधिक ४ विकेट लिइन्, भने सरस्वती भण्डारी, कविता कुवँर, सीता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट हत पारे ।

    त्यस्तै सुरुवाती ब्याटिङ्ग गरेको नेपालका लागि कबिता जोशीले सर्वाधिक २३ रन बनाइन्, भने रुबिना क्षेत्रीले १६ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले १२ रन बनाइन् ।

    अर्कोतर्फ बंगलादेशी टिमकी दिशाले ३ र सानुले १ विकेट हात पारिन् । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले बंगलादेशमा एक हप्ता अभ्यास गर्नेछ । त्यहाँ रहदा नेपालले चार म्याचको सिरिज खेल्ने बताइएको छ । बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट टिमको जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology