Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कामदार पनि कोरिया जान पाउने

नेपाली कामदार पनि कोरिया जान पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:४२:३८ बजे
  • 949
    SHARES
  • नेपाली कामदार पनि कोरिया जान पाउने

    रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो । यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् ।

    images

    आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ । दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ ।

    उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ ।

    हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ । हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन् । कोरोना भाइरस संक्रमणको दर घट्ने क्रममा रहेकाले ईंपीएस प्रकिया शुरु गर्न लागेको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाली कामदार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology