Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी–२०ः समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

टी–२०ः समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • १०:०९:१८ बजे
  • 934
    SHARES
  • टी–२०ः समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

    पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

    images

    आइतबार सुपर–१२ को समूह–२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

    अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह–१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।

    स्कटल्यान्डका रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहे । यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

    पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे । सुपर १२ को समूह२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ ।

    युजिल्यान्डले ५ खेलमा ४ जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology