Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५३३ जना संक्रमित, १ जनाको मृत्यु

थप ५३३ जना संक्रमित, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • १७:१२:२० बजे
  • 1.4K
    SHARES
  • थप ५३३ जना संक्रमित, १ जनाको मृत्यु

    नेपालमा मंगलबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ४ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् ।

    हाल नेपालमा ७ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology