Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

उपत्यका

काठमाडौं उपत्यकामा आउन-जान प्रतिबन्ध

काठमाडौं उपत्यकामा आउन-जान प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १७:३५:४० बजे
  • 1.2K
    SHARES
  • काठमाडौं उपत्यकामा आउन-जान प्रतिबन्ध

    काठमाडौं उपत्यकामा आजदेखि आउन-जान प्रतिबन्ध गरिएको छ । यसअघि सवारी पासका आधारमा आउन जान मिल्ने वयवस्था गरिए पनि गृह मन्त्रालयको निर्देशनपछि यस्तो व्यवस्था गरिएको हो ।

    images
    मन्त्रालयको निर्देशनपछि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरुपमा बन्द गरेका छन् ।

    आजैदेखि काठमाडौं उपत्यका आउन र उपत्यकाबार बाहिरी जिल्ला जान पाइने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले पास पूर्णरुपमा बन्द गरिएको नागरिकखबरलाई जानकारी दिए ।

    पास बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रायको निर्देशन पूर्णरुपमा पालना हुने जानकारी दिए ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले आजदेखि सबै प्रकारका पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology