Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्वाइलेट गराएर निकालियो आधा किलो सुन

ट्वाइलेट गराएर निकालियो आधा किलो सुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:३५:२४ बजे
  • 706
    SHARES
  • ट्वाइलेट गराएर निकालियो आधा किलो सुन

    नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ ।

    images

    कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो ।

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो ।

    उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए ।

    ‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले भने ।

    सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए ।

    उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आधा किलो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology