Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुग्यो

पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • ०९:५३:३४ बजे
  • 1.8K
    SHARES
  • पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुग्यो

    एजेन्सी । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई रोमाञ्चक खेलमा पाँच विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले अष्ट्रेलियालाई जितका लागि १७७ रनको लक्ष्य दिएको थियो ।

    images

    अष्ट्रेलियाले अन्तिम ओभर बाँकी रहँदा लक्ष्य पूरा गर्‍यो। यो उतारचढावमा अष्ट्रेलियाले अन्ततः जित निकाल्यो । १९ औं ओभरको तेस्रो बलमा म्याथ्यु वेडले लगातार तीन छक्का प्रहार गरे र खेल अस्ट्रेलियाको काखमा आयो । अष्ट्रेलियाको सुरुआत निकै खराब रहेको थियो । आरोन फिन्च खाता नखोली नै आउट भए ।

    केही समयपछि अष्ट्रेलियाका ब्याट्सम्यानले विकेट झर्दा पनि रन बनाउने क्रम जारी राखे ।तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको तेस्रो बलमै ओपनर तथा कप्तान आरोन फिन्चलाई शून्यमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । कप्तानलाई गोल्डेन डक गुमाएपनि वार्नरले आक्रामक इनिङका साथ अघि बढाएका थिए ।

    शादब खानले सातौं ओभरको दोस्रो बलमा मिचेल मार्शलाई २८ रनमा आसिफ अलीबाट क्याच गराएका थिए । मार्शले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शादबले स्टिभ स्मिथलाई ५ रनमा क्याच गराएपछि पाकिस्तान खेलमा फर्किए ।

    ११ औं ओभरको पहिलो बलमा शादबलेनै वार्नरलाई ४९ रनमा मोहम्मद रिजवानबाट क्याच गराएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । आक्रामक इनिङ खेलेका वार्नरले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

    शादबलेनै ग्लेन म्याक्सवेललाई ७ रनमा हरिस रौफबाट क्याच गराएपछि अष्ट्रेलिया १२.२ ओभरमा ९६–५ को अवस्थामा पुगेको थियो । तर छैटौं विकेटका लागि मार्कस स्टोइनिस र म्याथ्यु वेडले ४१ बलमा ८१ रनको अविजित साझेदारी गर्दै खेल जिताए । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा २६ रन खर्चेर प्रमुख ४ विकेट लिएको थियो ।

    यस अघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।

    पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बने ।

    पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए । बाबरले ३४ बलमा ५ चौका प्रहार गरे ।

    आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology