Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजबाट राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण

आजबाट राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १०:२५:२३ बजे
  • 1.6K
    SHARES
  • आजबाट राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आज (आइतबार) बाट सुरु हुँदैछ । नेपाल भलिबल संघले महिला टोलीको प्रशिक्षण आजबाट सुरु हुने जनाएको छ ।

    images

    त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज अपरान्ह २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षणका लागि संघले २० खेलाडीलाई बोलाएको छ ।

    एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो । महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्नेछन् ।

    बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

    पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology