Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी-२० विश्वकप फाइनल आज

टी-२० विश्वकप फाइनल आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १०:३२:०२ बजे
  • 964
    SHARES
  • टी-२० विश्वकप फाइनल आज

    आईसीसी टी-२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्। फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

    images

    दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।

    अस्ट्रेलिया सन् २०१० मा इंग्ल्यान्डसँग पराजित हुँदै उपविजेता बनेको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो । सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

    त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तानसँग पराजित न्युजिल्यान्डले भारत, स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानलाई हराएको थियो ।

    सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो । न्युजिल्यान्डका विकेट किपर डेभोन कोन्वे हातको समस्याले आजको खेल खेल्ने छैनन् ।

    यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप फाइनल आज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology