Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो

सिन्धुपाल्चोक लिदी गाउँमा भिषण पहिरो परी २२ घर पुरिए

सिन्धुपाल्चोक लिदी गाउँमा भिषण पहिरो परी २२ घर पुरिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७७ शुक्रवार • ०८:३८:०४ बजे
  • 1.8K
    SHARES
  • सिन्धुपाल्चोक लिदी गाउँमा भिषण पहिरो परी २२ घर पुरिए
    सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदी गाउँमा भीषण पहिरो गएको छ । गएराती परेको अविरल वर्षाका कारण आज विहान ६ बजे गएको पहिरोले लिदी गाउँका २२ घर पुरिएका छन भने २ घर पूर्ण जोखिममा परेका छन । पहिरोमा परि के कति क्षति पुग्यो भन्ने यकिन विवरण खुल्न सकेको छैन ।

    उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल तर्फ गैरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । सदरमुकाम चौताराबाट कात्तिके भन्ने स्थानसम्म ३ घण्टा गाडीमा गएपछि त्यहाँबाट थप ३ घण्टाको हिंडाईपछि मात्रै घटनास्थल पुग्न सकिन्छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली हेलिकप्टरबाट घटनास्थल जाँदै गरेको खबर छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology