Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वीट्जरल्यान्ड विश्वकपमा छनोट

स्वीट्जरल्यान्ड विश्वकपमा छनोट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • ०८:०२:१५ बजे
  • 925
    SHARES
  • स्वीट्जरल्यान्ड विश्वकपमा छनोट

    एजेन्सी । स्वीट्जरल्यान्ड अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ ।

    images

    गएराति भएको छनोट चरणको अन्तिम खेलमा बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको लागि छनोट भएको हो ।

    समूह ‘सि’ को अर्को खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि स्वीट्जरल्यान्ड सिँधै विश्वकपमा छनोट हुन सफल भयो ।

    समूह ‘सी’ को विजेता बनेको स्वीट्जरल्यान्डले ८ खेलबाट १८ अंक जोड्यो । बराबरीमा रोकिएको इटाली १६ अंक सहित दोस्रो स्थानमा रह्यो ।

    अब, विश्वकपमा स्थान बनाउन इटालीले प्ले अफ खेल्नुपर्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ । स्वीट्जरल्यान्डलाई सानदार जित दिलाउनको लागि नोआओ काफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले समान एक–एक गोल गरे ।

    चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

  • सम्बन्धित विषय:

  • # विश्वकपमा छनोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology