Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्यो अधिकांश सेवा

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्यो अधिकांश सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७७ शुक्रवार • ११:१२:०४ बजे
  • 1.6K
    SHARES
  • स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्यो अधिकांश सेवा
    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गएरातिदेखि लागू हुनेगरी अधिकांश सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत झण्डै डेढ दर्जन स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकसहितका अधिकांश सेवा बन्द गरेको हो ।

    तर, अस्पतालमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भने हुनसकेको छैन । आज पनि सयौँको लाइन देखिएको छ । अस्पतालले बुधबारदेखि नै आकस्मिक कक्ष सिल गरेको थियो । बिहीबार थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि ओपिडी, इलेक्टिभ सर्जरी, इएचएस लगायतका सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

    बुधबारदेखि नै आकस्मिक कक्ष सिल छ । बन्द गरिएका सेवाहरु अर्को सूचना नभएसम्म सुचारु नहुने अस्पतालका कोभिड संयोजक डा.सन्तकुमार दासले जानकारी दिए । उनले अहिलेसम्म कति जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भयो भन्ने जानकारी नभएको बताएका छन् ।
     
     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology