तनहुँको भानु नगरपालिकाको एकै वडामा २० जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार भानु नगरपालिकाको वडा नं. १ मा १४ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमित हुनेमा ५ बर्ष बालिकादेखि ५२ वर्षीय पुरुषसम्म छन् । योसँग गण्डकी प्रदेशमा १६८१ जनामा कोराना पुष्टि भएको छ । यसले तनहुँमा कोरोना समुदाय स्तरमा फैलिएको अनुमान गरिएको छ ।