Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • ०८:२५:४५ बजे
  • 835
    SHARES
  • टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

    टी-२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई पराजित गरेको छ । मंगलबार (आज) दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको हो ।

    images

    नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

    कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन् । त्यस्तै केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन्, भने कतारका पाँच खेलाडी सून्य रनमा आउट भए ।

    त्यस्तै कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइइन्, भने कविता कुँवर र सीता राना मगरले २–२ विकेट र करुणा भण्डारीले १ विकेट लिए ।

    त्यसोत, यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ४७ बलमा ५५ रन बनाएर अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै सीता राना मगरले ३९ रन जोडिन् ।

    सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपालको सानदार जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology