Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एकैसाथ नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण

एकैसाथ नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • ११:०२:३७ बजे
  • 538
    SHARES
  • एकैसाथ नेपालमा  दुई अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण

    नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ ।

    images

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।

    काठमाडौंस्थित नेपाली दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछन् ।

    सहायक विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेट गर्नेछन् । उनले सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

    उपसहायकमन्त्रीले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण हुन लागेको हो।

    कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दुतावासले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology