Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसियन यू–१४ र्‍याङकिङ टेनिसमा प्रशंसा र सुनिराको बन्यो जोडी

एसियन यू–१४ र्‍याङकिङ टेनिसमा प्रशंसा र सुनिराको बन्यो जोडी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १९:१४:४३ बजे
  • 730
    SHARES
  • एसियन यू–१४ र्‍याङकिङ टेनिसमा प्रशंसा र सुनिराको बन्यो जोडी

    नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स डबल्समा पहिलो भएका छन् ।

    images

    बुधबार नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे ।

    त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४–६ ६–३ र १०–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।

    सुनिरा गर्ल्स सिंगल्समा पनि फाइनलमा पुग्न सफल भइन् । सुनिराले नेपालकी सिभाली गुरुङमाथि ६–२ र ६–३ को जित दर्ता गरिन् ।

    सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४–६, ६–२ र ६–४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

    सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४–६, ६–३ र ७–५ पराजित गर्दा नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४–६, ६–२ र ६–१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६–४, ३–६ र ६–२ को सेटमा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरे ।

  • सम्बन्धित विषय:

  • # टेनिस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology