Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ०८:३८:२७ बजे
  • 1000
    SHARES
  • महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

    एजेन्सी । इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खेलाइएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको छ ।

    images

    इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ )एएफसी) सँग लिंग जाँचको माग गरेको हो ।

    उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।

    जोर्डनले गोल किपरको लिंग जाँचको माग गरेपछि एसियाली फुटबल महासंघले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

    इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएको छ ।

  • सम्बन्धित विषय:

  • # लिंग जाँचको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology