Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इम्बोस्ड नम्बर प्लेट अलपत्र

इम्बोस्ड नम्बर प्लेट अलपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १०:०८:२० बजे
  • 760
    SHARES
  • इम्बोस्ड नम्बर प्लेट अलपत्र

    सरकारले मंसिर महिनादेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्ने भनेको इम्बोस्ड नम्बर प्लेट तयारीबिनै घोषणा गर्दा कार्यान्वयन हुन सकेको छैन ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेर पाँचवटा प्रदेशमा १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको थियो ।

    राजपत्रमा सूचना प्रकाशित गर्ने तर तयारी भने नगरेका कारण पाँचवटै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा लागू हुन नसकेको हो । राजपत्रमा नै सूचना प्रकाशित भए पनि प्रदेशहरूले भने अहिलेकै अवस्थामा निर्णय कार्यान्वयन गर्न सम्भव नभएको समेत जनाएका छन् ।

    राजपत्रमा प्रकाशित सूचनाअनुसार १ मंसिरदेखि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट लागू हुनुपर्ने थियो । तर, उक्त प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूबाट निर्णयको कार्यान्वयन नभएको पाइएको छ ।

    बुधबार र बिहीबार नयाँ सवारीसाधन दर्ता गर्न पुगेका सेवाग्राहीले पुरानै नम्बर पाएका छन् । प्रदेश कार्यालयहरूले संघीय सरकारले कुनै पूर्वाधार तथा तयारी नै नगरी राजपत्रमा सूचना जारी गरेकाले इम्बोस्ड नम्बर प्लेट दिन नसकिएको जनाएका छन् ।

    त्यसो त प्रदेशअन्तर्गतका कार्यालयहरूले तयारी अभाव र पूर्वाधार अभावका कारण निर्णय कार्यान्वयन गराउन नसकिने भन्दै सम्बन्धित प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयहरूलाई पत्र लेखेको पाइएको छ ।

    याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नम्बर प्लेट अलपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology