Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १८:४६:३४ बजे
  • 1.8K
    SHARES
  • खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

    युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ ।

    images

    केही साता अघि मात्र स्पष्टिकरण माग गरेको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जनालाई मन्त्रालय बोर्ड सदस्य बर्खास्त गरेको हो ।

    मन्त्रालयका अनुसार रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको छ ।

    त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ।

    यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका थिए।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology