Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

दार्चुला जिल्लाको छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

दार्चुला जिल्लाको छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १०:४४:३९ बजे
  • 1.4K
    SHARES
  • दार्चुला जिल्लाको छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

    दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि टोली प्रस्थान गरेको छ । जनगणनाका लागि उक्त स्थनामा जान भारतले नदिएपछि जनगणना टोली नेपाली भूमि हुँदै गएको हो ।

    images

    छाङरु र टिंकर गाउँमा पुग्नका लागि नेपाली भारत हुँदै जान सहज छ । तर भारतीय भूमि हुँदै जान एसएसबीले अवरोध गरेको थियो ।

    नेपाली भूमि हुँदै गएको जनगणना टोली दुम्लिङ बताइएको छ । कात्तिक २५ बाटै जनगणनाका लागि खटिएका टोली छाङरु र टिंकरपुग्न भने सकिरहेका छैनन् ।

    नेपाली भूमिको बाटो अत्यन्तै असहज भएको स्थितीमा पनि शुक्रबार दुम्लिङ टोली दुम्लिङ पुगेको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

    भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरामा भारतीय सुरक्षाकर्मीले कडाइ गरिरहेका छन् ।

    व्यासकै वडा१ को नेपालीभूमि कुटी, नाभी र गुञ्जी भारतीय सेना परिचालन गरिएको छ भने याता टिंकर र छाङरुमा भने नेपाली सुरक्षाकर्मी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # छाङरु र टिंकर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology