माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन बाट अध्यक्षमा आनन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छ । कुवेतको नेपाली समाजमा २१ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ औवार्षिकोत्सव १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न हो ।
क्लबका अधयक्ष डम्बर प्रसाद रिमालको सभापतित्व र बरिष्ट सदस्य ईन्द्र भुसालले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने क्लबको महासचिव सुरेश गुरुङले स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्णलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा एनआरएनए, कुवेतका अध्यक्ष रण ध्वोज लामा बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो ।
सभापति, प्रमुख अतिथी र बिशेष अतिथिहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने क्लबले गरेका काम साथै mesc गतिबिधी बारे कल्बका बरिष्ट सदस्य ईन्द्र प्रसाद पोखरेलले प्रस्ट पार्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीले, क्लबले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु पर्दछ भन्दै क्लबले गरेका राम्रा कार्यलाई नेपाली दूतावास कुवेतले सदैब सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि एनआरएनए, कुवेतका अध्यक्ष रण ध्वोज लामा, पत्रकार महासंघका सहसचिब हरि बानिया, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, आईसीसी सदस्य हरी लावतील गायतले शुभकामना मन्तव्य दिएका थिए । क्लवका निवर्तमान बरिष्ट सदस्य तथा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य डम्बर प्रसाद रिमाल कुवेतको बसाईलाई सधाको लागि बिटमार्दै स्वदेश फिर्ने भएकोले उहाँलाई क्लव र महासंघद्वारा दोसल्ला र खादा ओढाएर मायाको चिनोले सम्मान तथा बिधाई गरिएको थियो । बिधाइको क्रममा रिमालले बोल्दै यहाँ कुबेतमा नभएता पनि हजुरहरुले गरेको सम्मान अनि मायालाई कहिले नभुल्न्ने जहाँ भए पनि मेरो हर साथ सहयोग रहने बताउनु भयो ।
निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग, सल्लाह र सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । कार्यक्रममा क्लवले चिया, कपी, ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो ।क्लवको नवौं अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
कार्यकारिणी समिति:
१) अध्यक्ष – आनन्द श्रेष्ठ
२) उपाध्यक्ष – सुरेश गुरुङ
३) महासचिव – एकराज मल्ल ठकुरी
४) सचिव – डम्बर मोक्तान तामाङ
५) कोषाध्यक्ष – मोहदत्त चपाई
६) खेलकुद विभाग प्रमुख – मोहन नाछिरिङ राई
७) युवा संम्जोक -शन्त लम्साल
८) बरिष्ट सदस्य – किरण पौड्याल
९) बरिष्ट सदस्य – जय आले मगर
१०) बरिष्ट सदस्य – ईन्द्र प्रसाद पोखरेल
११) बरिष्ट सदस्य – जगत घागा मगर
१२) बरिष्ट सदस्य – श्रीमती सरिता पौड्याल
१३) बरिष्ट सदस्य – शिवराम पौडेल
१४) बरिष्ट सदस्य – केदार आले मगर
१५) बरिष्ट सदस्य – डम्बर प्रसाद रिमाल
१६) सदस्य - उमा घिमिरे
१७) सदस्य - प्रेम जिमी राई
१८) सदस्य - पदम गुरुङ
१९) सदस्य - केशव बि.क
२०) सदस्य - रहमदीन मिया
२१) सदस्य - किरण राई
२२) सदस्य - जय नारायण माझी थारू
२३) सदस्य - मोहन राई
२४) सदस्य - आयुर घले
२५) सदस्य - बिपिन अर्याल
२६) सदस्य - सुमित केसी
२७) सदस्य - किरण राज वंसी
सल्लाहकार-समिती
बरिष्ट सल्लाहाकार – राजेन्द्र बोमजन तामाङ
बरिष्ट सल्लाहाकार – मित्र सिंज्याली मगर
बरिष्ट सल्लाहाकार – श्रीमती गीता तामाङ
संरक्षक – बाल कुमार गुरुङ (नेपाल)
संरक्षक – धर्म राज गिरी (नेपाल)
सल्लाहाकार – खोप ब. गुरुङ
सल्लाहाकार – ईन्द्र प्रसाद भुसाल
सल्लाहाकार – जितेन थिङ तामाङ (साउदी)
सल्लाहाकार – होमनाथ गिरी
सल्लाहाकार – रुपेन हमाल
सल्लाहाकार – सुन बादुर तमाङ
२१ बर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्यनेतृत्व (अध्यक्षता) दिईसक्नु भएको छ ।
संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म
दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म
तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म
चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म
पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त सम्म
छैटौं अध्यक्ष – श्री जितेन थिङ तामाङ – सन् २०१५ अगष्त देखी २०१७ अगष्त सम्म
सातौं अध्यक्ष – श्री ईन्द्र प्रसाद पोखरेल – सन् २०१७ अगष्त देखी २०१९ डिसेम्बर सम्म
आठौ अध्यक्ष – श्री डम्बर प्रसाद रिमाल – सन् २०१९ अगष्त देखी २०२१ नोवेम्बर सम्म