पर्साको वीरगन्जमा थप १ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा गएराती वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० बर्षिय बृद्धको ज्यान गएको हो ।
साउन २१ गते मृतक बृद्धको पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको कोभिड अस्पतालका इन्चार्ज डाक्टर उदयनारायण सिंहले भने ।
विगत ६ दिनदेखि उपचाररत उनको स्वास्थ्यमा थप समस्या आएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा उपचारको क्रममा गएराती मृत्यु भएको सिंहले बताए ।
मृतक बृद्ध बिगत लामो समयदेखि दम रोगबाट पीडित थिए । उनलाई दुई पटक प्यारालायसिस समेत लागेको थियो ।
मृतकको शब नेपाली सेनालाइ बुझाउने तयारी भइरहेको डा. सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।