Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७७ शनिवार • १२:५०:०२ बजे
  • 1.1K
    SHARES
  • युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान
    युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
    २३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो बनाएका हुन् ।
    यसअघि इथिओपियाका केनेनिसा बेकेलेले पाँच हजार मिटर १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान राखेका थिए । इथिओपिउन लेजेण्डले सन् २००४ मा उक्त कीर्तिमान बनाएका थिए ।
    मोनाकोका जोसुवाले गत फेब्रुअरीमा ५ किलोमिटर रोड रेसमा पनि कीर्तिमान बनाएका थिए ।
    ‘मोनाको मेरो लागि विशेष ठाउँ हो र यो त्यस्तो ठाउँ मध्ये एक हो जहाँ मैले विश्व कीर्तिमान तोड्न सक्छु,’ जोसुवाले भने ।
    उनले गत वर्ष कतारको दोहामा १० हजार मिटरमा पहिलो स्थान हात पारेका थिए । त्यतिबेला उनले आफ्नो लक्ष्य विश्व कीर्तिमान रहेको बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology