Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्ला ८ वर्षमा सरकारले ३१ सय बढी विदेशी नागरिकलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले ३१ सय बढी विदेशी नागरिकलाई देश निकाला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०८:१३:१७ बजे
  • 775
    SHARES
  • पछिल्ला ८ वर्षमा सरकारले ३१ सय बढी विदेशी नागरिकलाई देश निकाला

    पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

    images

    अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।

    त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ ।

    त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् ।

    विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्याद गुज्रिसकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ ।

    यो वर्ष मात्र भिसा सकिएर बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिएको छ ।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # नागरिकलाई देश निकाला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology