Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्थमन्त्री जनार्दन शर्माले साथ दिए पछि बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

अर्थमन्त्री जनार्दन शर्माले साथ दिए पछि बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १२:१७:०६ बजे
  • 1.6K
    SHARES
  • अर्थमन्त्री जनार्दन शर्माले साथ दिए पछि बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

    अर्थमन्त्री जनार्दन शर्माले क्रिकेट रंगशाला निर्माणमा साथ दिने भएपछि रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेशनको अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) दंग भएका छन् ।

    images

    केही समय अगाडी धुर्मुसले आफूहरुले साचेको जस्तो सहयोग संकलन हुन नसकेको भन्दै सरकारलाई रंगशाला निर्माण गर्न आग्रह गरेको थियो । तर, अहिले अर्थमन्त्री शर्माले धुर्मुस–सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माण गर्न सहयोग गर्ने बताएपछि रंगशाला निर्माणले गति लिने आश बढेको धुर्मुसले बताएका छन् ।

    उनले अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग रंगशालाको विषयमा पटक–पटक कुराकानी भएको र अर्थमन्त्रीले सहयोग गर्ने बताएको उनले बताएका छन् ।

    अर्थमन्त्री शर्माले धुर्मुसलाई निशास नहुन आग्रह गर्दै आफूले सहयोग गर्ने बताएका छन् । धुर्मुस र सुन्तलीको अगुवाइमा फाउन्डेसनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।

    निर्माणका क्रममा करिब १७ करोड ऋण लागेपछि साउन १५ देखि निर्माणको काम रोकिएको छ ।

    धुर्मुसले रंगशाला निर्माणका लागि गरिएको महायज्ञमा बोलकबोल गरिएको करोडौं रुपैयाँ नउठेको र निर्माण सामग्री किन्दाको उधारो रकम तिर्न नसक्दा काम रोक्न बाध्य भएको बताउँदै आएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology