Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी–२० विश्वकप क्रिकेट : हङकङसँग नेपाल पराजित

टी–२० विश्वकप क्रिकेट : हङकङसँग नेपाल पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १६:१२:२४ बजे
  • 1.2K
    SHARES
  • टी–२० विश्वकप क्रिकेट : हङकङसँग नेपाल पराजित

    महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ ।

    images

    दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् ।

    त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु, हङकङले नेपाललाई अतिरिक्तमा २७ रन दिएको थियो । हङकङका लागि बेट्टी चान र करी चानले एक÷एक विकेट लिए ।

    १०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलले अविजित ४३, करी चानले १७, नताशाले १६ रन बनाए ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology