Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिदी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६,बेपत्ताको खोजी जारी

लिदी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६,बेपत्ताको खोजी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७७ शनिवार • १९:३६:२६ बजे
  • 1.8K
    SHARES
  • लिदी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६,बेपत्ताको खोजी जारी

     जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । 

    images

    लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

    पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । 
    पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology