सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल र एपीएफबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ । आज सातदोबाटो च्यासल पहिलो जितको खोजीमा हुनेछ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।
च्यासल अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ । एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
एपीएफ अंक विहीन रहदै ११औं स्थानमा रहेको छ । लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङ र हिमालयनबीचको खेल आज अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको विजेता मनाङ लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो । मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । मनाङविरुद्ध मैदानमा उत्रँदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ
। पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । हिमालयन १ अंक जोडेर सातौं स्थानमा रहेको छ ।