जनकपुरमा तीनदिनअघि मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । काब्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४३ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
अस्पतालले स्वाब संकलन गरेर शव परिवारलाई जिम्म लगाएको थियो । परिवारले ती पुरुषको अन्तिम संस्कार पनि गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मलामीको खोजी गरिएको जानकारी दिए ।