गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी २४ डिसेम्बर २०२१ का दिन अन्तर नेपाली भलिबल प्रतियोगिता गर्ने भएको छ । कुवेतको फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा हुन लागेको हो ।
नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु लगायत कुवेतलाइ कर्मभुमी बनाइ कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता घलानले बताएका छन। उनले फाहहिल नेपालिहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाई पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने बताए।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रो पुरस्कार प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाई नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र, सर्बोत्कृष्ट स्पाइकरलाई नगद २५कुवेती दिनार, ट्रोफी र प्रमाणपत्र प्रदान गरिनेछ।
गैरआवसीय नेपाली संघले पछिल्लो कार्यकालमा नै भलिबलको आयोजना गर्न सम्पूर्ण तयारी सकेपनी कोरोनाका कारण खेल खेलाउन सकेको थिएन। कोरोना भाइरसको महामारी सामन्य हुने बित्तिकै २०२१ मा अन्तर नेपाली भलिबल प्रतियोगिता र २०२२ मा अन्तर नेपालि फुटबल प्रतियोगिता सम्पन्न गर्ने उदेश्य सहित आयोजना गर्न लागेको कार्यक्रमका संयोजक नबराज पराजुलिले बताएका छन। उनले उक्त दिन कार्यक्रम नजुधाइ दिनहुन र कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेका छन ।