Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वकप छनोटः आज नेपाल र युएई भिड्दै

विश्वकप छनोटः आज नेपाल र युएई भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • ०९:५६:३८ बजे
  • 1.0K
    SHARES
  • विश्वकप छनोटः आज नेपाल र युएई भिड्दै

    आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेल अन्तर्गत आज नेपालले आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ ।

    images

    खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालका लागि युएईविरुद्धको आजको खेल गर या मरको अवस्थामा रहेको छ । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुदैन, नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

    प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित हुनेछ । अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।

    अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।

    यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आजै कुवेत विरुद्ध खेल्नेछ ।

    मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिइ सकेका छन ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology