Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा १२ जना कोरोना संक्रमित कहाँ थपिए ?

पोखरामा १२ जना कोरोना संक्रमित कहाँ थपिए ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७७ आइतवार • १८:४६:५६ बजे
  • 6.1K
    SHARES
  • पोखरामा १२ जना कोरोना संक्रमित कहाँ थपिए ?
    पोखरामा आज पुनः १२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै पोखरामा आज भेटिएका कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

    आज बिहान दिएको जानकारी अनुसार पोखरा पाँच जना र पूर्वान्ह ३ः५० बजे दिएको जानकारी अनुसार १२ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज दोस्रो चरणमा पोखराका विभिन्न पाँच वटा वडामा १२ जना संक्रमित थपिएका हुन् । आजै बिहान पोखरा १६ र पोखरा ५ मा कोरोना संक्रमित थपिएका थिए ।

    पोखराको वडा नं। १५, ५, १४, १६ र ७ मा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार १२ जना संक्रमितमध्ये पाँच जना पुरुष र अन्य महिला छन् । यस्तै स्याङ्जामा पनि दुई जना कोरोना संक्रमित थपिएको डा। शर्माले जानकारी दिए ।  योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १७ सय ३५ जना पुगेको उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology