पार्टी भनेको एउटा गाडी हो । संगठन भनेको इन्जिन हो , विचार भनेको फ्युल हो । हुनपनि हो पार्टी भनेको घर हो,संगठन भनेको परिवार र बिचार भनेको जीवन पद्धतीको मुल बाटो हो। अब कल्पना गरौं ईन्जीन बिनाको गाडी र फ्युल बिनाको ईन्जीनको के अर्थ छ? परिवार बिनाको घर र निदृष्ट जीवन पद्धती बिनाको परिवारको पनि सायद यसै गरी अर्थ हुँदैन भन्ने लाग्छ! पार्टी संगठनबाट चल्नु पर्छ,संगठन बिचारबाट चल्न आबश्यक छ। जुन ठाउँमा जीवन पद्धतीको बाटो निर्माण हुँदैन त्यहाँ स्वत बिचारको अबसान हुन्छ।
बैठक भनेको कुनै ठोस एजेण्डाहरुमा मन्थन गरेर निती निर्देशन र निर्णय निर्माण गर्ने थलो हो। निती, निर्देशन र निर्णय गर्ने ठाउँ कोलाहल, कुण्ठा र कुदृष्ट्रीले भरियो भने त्यस ठाउँबाट जनताको आशामा के निकास आउँला?! पार्टी भित्र गुट, सुट र झुठ मौलायो भने त्यो स्याउको रुखमा एझेरुँ पलाए जस्तै हानिकार हो जस्ले भबिश्यमा रुख नै सुकाईदिनसक्छ। तर माक्सवादले एउटा कुरा सिकाएको छ। कुनै पार्टी चलायमान छ वा त्यो पार्टी भित्र जीवन छ भन्नाका लागी त्यहाँ अन्तरसंघर्ष,आलोचना, आत्मआलोचना, र खण्डन मण्डन हुन आबश्यक छ भनिएको छ। यस प्रकारको चेतले ब्यक्ति,संगठन र संगो पार्टी पद्धतीलाई थप धारिलो, भरिलो र पाहारिलो बनाउँन मद्द्त गर्छ। तर बिषयन्तर भएर आग्रह,पुर्बाग्रह आबेश उत्यजनाको लहडमा यदी कुनै ब्यक्ति वा संगठकले प्रबृतीलाई छोडेर ब्यक्तिको निजी मामलामा आलोचना गर्ने प्रयत्न गर्छ भने अबस्य पनि त्यो निन्दनिय र आलोच्य बिषय हो।
नेपालमा आजका दिनमा जनताले बिशिवास गरेर निर्बाचन मार्फत निर्बाचित गरी भारी मतले अनुमोदन गरेको एउटा पार्टी छ, जस्लाई नेपाल कम्युनिष्ट पार्टी भनिन्छ। आज भन्दा ठिक ७१ बर्ष अगाडी नेपालमा रहेको गरिबी,उत्पिडीत,जाती,बर्ग समुदायको राजनैतिक,सामाजिक, र आर्थिक दमन,शोषणका बिरुद्धमा अर्थात देश र जनताको भाग्य अनि भबिश्यको सुनिश्चितकाको लागी गठन भएको पार्टी हो। यस पार्टीको छत्रछायामा बस्नेहरु वा यसका नेता कार्यकर्ताहरुले बिभिन्न समयमा धेरै हण्डर र चोट खेपेका पनि छन। संघर्षका मैदानमा सिकेका बिभिन्न प्रकारका अनुभब र अनुभुतीहरु पनि सायद यतिखेर जीबीत नै छन,कसैले बिर्सिएका छैनन होला भन्ने ठान्छु।
गोली पिएका देखी आलो घाउँ सिएको सम्म, ढुंगाको ओच्छायनमा आकाश ओढेर हिंउद काटेको देखी, मृत्यु संग जीबन साटेको सम्म, अनि भैसी गोठमा लुकेको,कहिले पहाड चढेको कहिले बेसी पुगेको कहिले खाएको कहिलै भोक भोकै हिडेको त्यो दर्दनाक तिम्रो क्षण के आज यहि दिन देखाउनलाई थियो? कहाँ छोड्यो ति गरिब किसानका सपनाहरु? कहाँ हराय ति क्रान्तिकारी योद्धा,? कहाँ छुटे तिम्रो प्राण जोगाई जोगाई हिजो बाटो देखाउँनेहरु?
कहाँ मरे ति देश हल्लाउने बिचार र सिद्धान्तहरु? कहाँ बिलाय ति अन्याय बिरुद्ध ठिंग ठडिएका अग्ला र सग्ला आदर्शहरु यति खेर खोज्दै छु खै! कहाँ छन ति सब ?
हामी सहभागी भएको तिम्ले नेतृत्व गरेको परिबर्तनले हामीलाई खुसी दिलाउँन सकेन?! हामीले हाम्रो बलिदान र योगदानको मुल्य मागेका हौं। साथ मागेका हौ, सुरक्षा र रहात मागेका हौं। तर तिमी सत्तामा पुगेपछि हामीलाई बिर्सियो, हाम्रो त्याग र बलिदानमा आफ्ना नातेदारहरु खोजेर सजायौं, यति सम्म की देशलाई आफ्नो स्वार्थ संग भजायौ। त्यहि भएर आज हामी जनता तिमी संग निरास छौ बिल्कुल निरास !
गोत्र, लिंग भाव, चेतना बोटो गोरेटो एउटै त हो भनेर हिजो मिल्यौ, मिल्नै नसक्ने थियो भने किन मिलेको?मिलेपछी फेरी किन मिलिक्क मिलिक्क गर्दै हिडेको? अब फुट्यौं भने नबजे बाँसुरी नरहे बाँस जुट्यौ भने जनताको पाउलाउ बिश्वास !