Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:१२:३० बजे
  • 544
    SHARES
  • आजको मौसम

    मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

    images

    महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

     देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । यसैगरी, दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

    प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology