Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • ०८:३६:५७ बजे
  • 700
    SHARES
  • धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

    धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाइएको छ ।

    images

    मंगलबार (आज) डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको हो ।

    अदालतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो ।

    गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य पक्राउ परेका थिए । आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पाश्चर आचायले यशुले कोरोना संक्रमण निको पारिदिने भन्दै अफवाह फैलाएका थिए । उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरलसमेत भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology