कमल भण्डारी
नेपाली नागरिकलाई सबै भन्दा वितृष्णाको बिषयमा मन्थन गर्ने, समय दिने हो ! भने त्यो के होला ? भन्दा सहजै सबैले अनुमान लगाउन सक्ने आँटिलो र दरिलो रूपमा प्रस्तुत हुने वाक्य भनेको राजनिति हो भनेर प्रति उत्तर पाउन सकिन्छ । नेतृत्व विनाको समाज रूपान्तरण विकास समृद्ध परिकल्पना गर्न सकिदैन त्यो सम्भव पनि छैन । राजनिति भनेको देशको इन्जिन हो । त्यसकारण कुनै पनि क्षेत्रमा इन्जिनमा बिना परिकल्पना गर्न सकिदैन ।
राज र नितिका सबैका आ-आफ्ना धारणा र बुझाइ छन तर यथार्थमा राजनिति भनेको राज्यको मुल नितिको नेतृत्वकर्ता नै राजनितिक नेतृत्व हो यसमा हामी कसैको दुइ मत छैन । आज किन राज्यको मुल निति नेतृत्व कर्ता देश र जनता प्रति विचलन भएको छ? हामी सबैलाइ पूर्ण हेक्का भएको सत्य हो ।
अहिलेको मुख्य समस्या भनेको नातावाद र कृपावाद, फाइदावाद अवसरवादमा अल्झिएको राजनीति! योग्यता दक्षता क्षमता भनेको बोलिने शब्द मात्रै हुन यसको कतै पनि मापन भएको देखिदैन । नेपालका मुख्य तिन राजनितिक शक्तिको वडा र गाउँपालिका प्रदेश अधिवेशन समाप्त भइ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनले देश र जनता प्रति इमान्दार कर्मठ दक्ष क्षमता योग्य,बिषय विज्ञको आवश्यकता भएको देश र जनताले अपेक्षाको महुसुस गरेको छन । जस्को निति उस्को नेतृत्व खोजिरहेका छन ।
जनताले उल्लेखित बिषयमा नेतृत्व चयन हुनु भनेको पार्टी पनि र देश जनता सबैलाई संयोजन गरी जनताका मूलभूत समस्या नाना, छाना, अन्न, शिक्षा, स्वास्थ्य, रोजगारी पूर्वाधार सडक, कृषि जडिबुटीलाई जति सक्दो छिटो रूपान्तरण गरी कुनै पनि नेपाली नागरिक रोग भोक शोक बेरोजगारी भएर बस्ने दिनको अन्त्यको अपेक्षा हामी सबैको प्रवल चाहाना हो । तर उल्लेखित बिषयलाई सम्बोधन गर्ने नेतृत्व अव चयन होला त ? यो पर्खाइको बिषय भएको छ ।
तिन करोड नेपालीको नेतृत्व गर्न सक्ने कुनै पनि दलबाट त्यसतो नेतृत्व स्थापित हुने हो भने देश र जनताको पिडालाई सम्बोधन गर्ने नेतृत्व पाउनु भनेको हामी सबैको लागी खुशी र सुखद पक्ष हो तर त्यस्तो लक्षण एकदम न्युन देखिन्छ । प्रमुख राजनितिक दल भित्र आशा र अपेक्षा भएका नेतृत्व नभएको होइन तर अवसरबाट बञ्चित गरीएको गुट र उपगुट बनाई जसरी हुन्छ आफु स्थापित हुनलाई बिभिन्न तिकडम खडा गरी भित्तामा लेखेटिएको देखिन्छ ।
आशा र अपेक्षा गर्न सकिन्छ नयाँ जोश जागर उर्जाले भरिपूर्ण युवाको हातमा जिम्मेवारी प्राप्त भयो भने माथि उल्लेखित बिषयमा सम्बोधनको अपेक्षा र आशा राख्न सकिन्छ । आशाका किरण भित्र भरोसाका दिनको पनि शुरूवात हुन सक्छ । मुख्य तिन दलको पार्टी कार्यकर्ता र सदस्य मात्रै लगभग तिस लाखको डाटा प्रकाशित भएको छ । के हामी सँग यो तिस लाख भित्र भएको जनशक्तिमा लिक्वान जस्ता व्यक्ति छैन्न होला त? अवश्य छन तर अवसरबाट च्यूत गरीएको छ जस्तो देखिन्छ ।
यो ठुलो जनलहरले के प्रमाणित गरेको देखिन्छ भने राजनिति प्रति अझै पनि प्रवल अपेक्षा छ आम जनता र कार्यकर्तामा तर यो उत्कृष्ट रूचिलाई सम्बोधन गर्ने नेतृत्व चाहि कहिले हुने हो ! त्यो बिषय भने कुइरोमा हराएको काग जस्तो भएको छ । लगभग तिन करोड जनसंख्यामा दश प्रतिशत जनता राजनिति प्रति आशा र भरोषाका किरण हेरी बसेका छन । त्यसकारण जनभावनालई कदर गर्ने ! नेतृत्व अहिलेको आवश्कता हो । तर यस्को नतिजा त अब हुने महाधिवेशनले तय गर्ने छ ।
अहिले नेकपा एमालेको नेतृत्व चयन प्रक्रिया देख्दा नातावाद बाबावाद हावी भएको देखिन्छ । त्यसकारण जस्को नेतृत्वमा सरकार बिघटन पार्टी बिघटन जनादेशको हुर्मत लिने काम भयो अहंम, दम्भका कारण संघ र प्रदेश सरकारबाट सत्ता च्यूत हुन पुग्यो तर पनि २१७५ महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व परिवर्तन हुनुपर्छ भनि दरिलो आवाज र बोलि प्रकट गरेको देखिदैन जनादेशको अर्थ के हो नेता र कार्यकर्तामा सुझबुझ हुनुपर्ने हो ।
मुख्य दलको नेतृत्वले अझै पनि पार्टी कार्यकर्ता गतिशिल बनाउने यात्रा तय गरेको देखिदैन कसरी हुन्छ ! बिधान अध्यन पूर्व नेतृत्वले गरेको कार्यको गुणगानमा समय व्यतित गरेको देखिन्छ । त्यसकारण अवको नेतृत्वले जनताका मूलभूत समस्यालाई हल गर्ने चेष्टा राख्ने हो ! भने पहिलो कार्यको थालनि पार्टी क्रियाशिल कार्यकर्ताबाट थालनि हुनुपर्छ ।
रोग, भोक, शोक, शिक्षा, स्वास्थ्य, रोजगारीको जीर्ण अवस्थाबाट मुक्त गर्ने नै हो भने वडा गाउँपालिका नगरपालिका प्रदेश र सघंमा भएका क्रियाशिल व्यक्तिलाई अनिवार्य रूपमा उत्पादन क्षेत्रमा जोडिनु पर्ने र सो समय अवधि भित्र उत्पादन क्षेत्रमा लगानी नगर्ने नेता कार्यकर्तालाई पार्टीबाट निस्कासनको निति बिधानमा अनिवार्य लागु गर्ने हो ! भने जनताले गरेका अपेक्षा पनि पूरा हुन्छन नेता र कार्यकर्ता पनि भ्रष्टाचारमा तल्लिन हुदैनन् ।
तव मात्रै सबै जनताको चाहान पूरा हुने छ । समृद्ध नेपाल, सुखी नेपाली र नेपालको चाहाना पनि पूरा हुने छ । फेरी गोकुल बास्कोटा र कुल बहादुर खण्डका नाम अव आउने भावि पुस्ताले अपेक्षा गर्नु पर्दैन ।
राजनिति प्रतिको वितृष्णाको यस्ता शब्द जाडोमा तापै नदिने घाम, गर्मीमा शित्तलै नदिने रूख, खिया लागेर कामै नलाग्ने भएका हँसिया हथौडा, मसी नै सकिएको लेख्दै नलेख्ने कलम, भाँचिएर जोत्दै नजोत्ने भएको हलो, दुधै नदिने थारो गाई यी सब हामीलाई के काम भए भन्ने शब्द प्रकट हुने दिनको अन्त्य हुनेछ । राजनीतिकले एउटा नयाँ आयाम थप्नेछ ।