Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमिक्रोन भेरियन्ट : भ्रमण वा रोजगारीको सिलसिलामा ‘भरसक विदेश नजानू !'

ओमिक्रोन भेरियन्ट : भ्रमण वा रोजगारीको सिलसिलामा ‘भरसक विदेश नजानू !'

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • ०८:४८:१७ बजे
  • 1.4K
    SHARES
  • ओमिक्रोन भेरियन्ट :  भ्रमण वा रोजगारीको सिलसिलामा  ‘भरसक विदेश नजानू !'

    भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

    images

    डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना उच्च रहेको जनाएको छ ।

    डब्ल्यूएचओले यस भेरियन्टलाई ‘विश्वव्यापी भेरियन्ट कन्सर्न’ घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ ।

    ओमिक्रोनको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट्दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन भेरियन्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology