Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सशस्त्रका डीएसपीसहित ६५ जनामा संक्रमण पुष्टि

सशस्त्रका डीएसपीसहित ६५ जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७७ सोमवार • १०:४८:२१ बजे
  • 1.2K
    SHARES
  • सशस्त्रका डीएसपीसहित ६५ जनामा संक्रमण पुष्टि
    वीरगन्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्री, त्यही कार्यरत अर्का एक सशस्त्र प्रहरी जवान सहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    आइतवबार राति संक्रमण पुष्टि भएका ६५ जना मध्ये वीरगन्ज महानगरपालिका ४१ जना रहेका छन । उनीहरुको साउन २६ गते वीरगन्ज ११ श्रीपुर र साउन २७ गते त्रिजुद्ध माविमा स्वाब संकलन गरिएको  जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

    यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकाका ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको साउन २७ गते स्वाब संकलन गरिएको थियो । पर्साकै सखुवाप्रसौनी गाउँपालिकाका ७ जनामा पनि संक्रमण पुष्टि भएको हो । त्यहाँ साउन २६ गते स्वाब संकलन गरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology