Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:५२:५३ बजे
  • 859
    SHARES
  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको गएराति भएको खेलमा युनाइटेडले आर्सनलमाथि ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images

    युनाइटेडलाई जित दिलाउनको लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रूनो फेर्नान्डेसले एक गोल थपे । आर्सनलका लागि स्मीथ रोव र मार्टिन ओडिगार्डले समान एक–एक गोल गरे ।

    खेलेको १३औं मिनेटमा रोवले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

    ४४ औँ मिनेटमा ब्रूनो गोल गर्दै खेल १-१ को बारबरीमा ल्याए । खेलको ५२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर उक्त अग्रता धेरै टिकेन ।

    खेलेको ५४ औँ मिनेटमा ओडिगार्ड गोल गर्दै खेल २-२ को बराबरी बनाए । ७०औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।

    यो जितसँगै युनाइटेड १४ खेलबाट २१ अंकसिहत सातौँ स्थानमा छ । पराजित आर्सनल २३ अंकसहित पाँचौ स्थानमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology