Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आजको मौसम अवस्था

आजको मौसम अवस्था

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • ०८:२३:४४ बजे
  • 658
    SHARES
  • आजको मौसम अवस्था

    पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमशः सुधार हुँदै जाने भएको छ ।

    images

    पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशः कमजोर बन्दै गएको हो। यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो ।

    शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology