Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कमल थापा र रेखा थापाको सामाजिक सञ्जालमा युद्ध

कमल थापा र रेखा थापाको सामाजिक सञ्जालमा युद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • ०८:३४:०८ बजे
  • 1.3K
    SHARES
  • कमल थापा र रेखा थापाको सामाजिक सञ्जालमा युद्ध

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशनले अन्ततः कमल थापा र रेखा थापाको सम्बन्ध नराम्ररी बिगारिदिएको छ ।

    images

    कमल थापासँग सुमधुर सम्बन्ध बनाएकी रेखा राजेन्द्र लिङ्देनको प्यानलमा गएर महामन्त्रीमा उम्मेदवारी दिएकी छन् भने उनको प्रतिद्वन्द्वीमा थापा प्यानलबाट कुन्ती शाही रहेकी छन् ।

    शुक्रबार अध्यक्षको दाबेदारी थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक भिडियो सेयर गर्दै रेखालाई कडा व्यंग्य प्रहार गर्छन् । जहाँ रेखा थापालाई सञ्चारकर्मी प्रकाश सुवेदीले– ‘राजतन्त्र कि गणतन्त्र ?’ भनेर गरेका छन् ।

    rekha1.JPG

    जवाफमा रेखाले ‘गणतन्त्र’ भनेकी छन् । रेखाको त्यहीँ जवाफलाई लिएर कमल थापाले, ‘हा, हा नो कमेन्ट’ भनेर भनिदिएका छन् । शुक्रबार थापाले यसरी रेखोमाथि व्यंग्य प्रहार गरेपछि रेखा पनि प्रतिवादमा उत्रिइन् ।

    उनले पनि कमल थापाले एमसीसी नेपालमा पारित हुनुपर्ने भनेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरिन् । भिडियोमा उनले ‘निश्चित रुपमा एमसीसी पारित हुनुपर्छ’ भनेका छन् ।

    महाधिवेशनमा रेखा लिङ्देन प्यानलतिर गएपछि अहिले दुई बीचमा सामाजिक सञ्जालमा युद्ध भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कमल थापा र रेखा थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology