सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने भएका छन् ।
शनिबार दिउँसोबाट दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी भिड्नेछन् । यो खेल १ बजेबाट हुनेछ । त्यस्तै अर्को खेल च्यासल क्लब र न्युरोड टीम भिड्नेछन् ।
यो खेल बेलुका ४ ४५ बाट हुनेछ । आज हुने तेस्रो चरणका खेल हुन् । मनाङले यसअघि पहिलो र दोस्रो चरणका दुवै खेलमा जित हात पारेको छ ।
त्यस्तैगरी संकटाले एक खेलमा जित र एउटामा बराबरी खेलेको छ । त्यस्तै च्यासलले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ एनआरटीले भने एक खेलमा हार र अर्कोमा बराबरी खेलेको छ ।