कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५८ वर्षीया महिला, रौतहटमा ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको जानकारी दिए । देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जानकारी दिए ।संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ७ जनाको ज्यान गएको छ ।