Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ०९:५७:१९ बजे
  • 994
    SHARES
  • म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

    वाटफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा उक्लिने अवसर पाएको हो ।

    images

    शनिबार भएको खेलको शुरुवातमा नै सिटीले अग्रता लिएको थियो । राहिम स्टर्लिङले चौथो मिनेटमा नै सिटीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।

    दोस्रो हाफमा सिल्भाले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे । खेलको ७४ मिनेटमा कुचो हर्नान्डेजले वाटफोर्डका लागि सान्तवना गोल गरे ।

    १५ खेलपछि सिटीको ३५ अंक रहेको छ । उता, लिभरपुलले पनि वुल्भ्सलाई संघर्षपूर्ण खेलमा हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    लिभरपुलका लागि डिभोक ओरिजीले इन्जुरी समयमा गोल गरेका थिए । उनैको एकमात्र गोल निर्णायक बन्यो । लिभरपुल सिटीभन्दा एक अंकले पछि रहेको छ ।

  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर सिटी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology