Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतको प्रभावशाली जित

न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतको प्रभावशाली जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • १७:०१:५१ बजे
  • 706
    SHARES
  • न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतको प्रभावशाली जित

    मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनको जितेसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ ।

    images

    यसअघिको टेष्ट भने बराबरी भएको थियो । दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो ।

    न्युजिल्याण्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे । यता, भारतीय बलर रविचन्द्रन आश्विन र जय यादवले समान ४ विकेट लिए । आश्विनले २२ ओभर ३ बल गर्दै ९ मेडनसहित ३४ रन खर्चिए भने यादवले १४ ओभरमा ४ मेडनसहित ४९ रन खर्च गरे ।

    अक्षर पटेलले १ विकेट लिए । यसअघि पहिलो इनिङमा भारतले १०९ ओभर ५ बल खेल्दै ३२५ रन बनाएको थियो । भारतका मयंक अग्रवालले सर्वाधिक १५० रन बनाए ।

    यस्तै, अक्षर पटेलले ५२ रन बनाउँदा शुभमान गिलले ४४ रनको योगदान गरे । न्युजिल्याण्डका बलर अजाज पटेल एक्लैले १० विकेट लिएका थिए । ४७ ओभर ५ बल बलिङ गरेका पटेलले १२ मेडन राख्दै ११९ रन खर्चिएर दुर्लभ कीर्तिमान बनाएका थिए । पहिलो इनिङमा न्युजिल्याण्ड ६२ रनमा समेटियो ।

    २८ ओभर १ बलमा अलआउट हुनुअघि न्युजिल्याण्डका केली जामिसनले १७ र कप्तान टम लाथम १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिँदा मोहम्मेद सिराजले ३ विकेट लिए । अक्षर पटेल र जयन्त यादवले एक विकेट लिए ।

    दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनायो । मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाउँदा चेतेश्वर पूजारा र शुभमन गिलले समान ४७ रनको योगदान गरे ।

    कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे । दोस्रो इनिङमा समेत न्युजिल्याण्डका अजाज पटेलले चार विकेट हात पारे । यस्तै रचिम रविन्द्रले तीन विकेट लिए । दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भए ।

  • सम्बन्धित विषय:

  • # भारतको प्रभावशाली जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology