Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • १७:११:१६ बजे
  • 949
    SHARES
  • थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ७ हजार ११४ आरटी पिसिआर र १ हजार ५०३ एन्टिजेन गरी कुल ८ हजार ६१७ जनामा परीक्षण गरिएकोमा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ६ हजार ३८६ जना संक्रिय संक्रमित छन् । हाल ६ हजार ६२ जना हाेम आइसोलेसनमा र ३२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    ११४ जना आइसियू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ३५७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology